क्याम्पस प्रमुखविरुद्ध बोल्दा परीक्षामा फेल

काठमाडौँ, २९ असार । कक्षा कोठामा अपशब्द प्रयोग गर्ने क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा तीन जना विद्यार्थी प्रयोगात्मक परीक्षामा फेल भएका छन्। विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययनरत तीन जना विद्यार्थीलाई कलेज प्रशासनले नियोजित रूपमा प्रयोगात्मक परीक्षामा फेल (अनुत्तीर्ण) गराएको हो। पूर्वाञ्चल विश्वविद्यालयको बीपीएच सातौं सेमेस्टरको परीक्षामा रूपा न्यौपाने, मनीषा यादव र अन्नयिया…