काठमाडौँ, २० असार । बाढी र पहिरोका कारण हाल पाँचवटा सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार आज बिहान ६ः१५ बजेको तथ्यांकअनुसार देशभरका पाँचवटा सडकमा सवारी आवगमन ठप्प छ । कोसी राजमार्गको हाइटार, संखुवासभामा सवारी आवगम अवरुद्ध भएको छ । पाँचथरको तमोर करिडोरको माझीटार–हेवाखोलामा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । तानसेन–रिडी–कोरला राजमार्गको…