काठमाडौ २१ जेठ । ब्लड डोनर्स एशोसिएसन नेपाल ब्लोदान ले विश्व रक्तदाता दिवस २०८० ९२०२३० का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । ब्लोदानको शुक्रबार बसेको बैठकले ‘नियमित रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान–रक्ततत्वसम्बन्धी विभिन्न कार्यक्रम गर्न संस्था–सहयोगदातालाई आह्वान गरेको…