काठमाडौँ, १५ मंसिर । ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८.६ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत २८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८.६ प्रतिशत महिला पत्रकारले हिंसा भोग्नुपरेको देखाएको छ । सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म गरिएको अध्ययनमा हिंंसा गर्ने व्यक्तिबारे…