बाँके, ३० बैशाख । बाँकेको कोहलपुरमा नदीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार जेठिनाला नदीमा नुहाउने क्रममा ३६ वर्षीय कमल सहानीको डुबेर मृत्यु भएको हो । सहानी बैजनाथ गाउँपालिका–४, बोरिङ बस्तीका हुन् । प्रहरीका अनुसार सहानी शनिबार बिहान ९ बजे घरदेखि २०० मिटर दक्षिणमा पर्ने नदीमा नुहाउन गएका…