सिन्धुली, ३० बैशाख । लागूऔषधसहित एक जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो कमलामाई नगरपालिका-६ माझिटारमा यात्रुबाहक हायस गाडी चेकजाँच गर्ने क्रममा एक्सपल्वन र निट्राभेट ट्याबलेटसहित बर्दिवास नगरपालिका-४ माइस्थानका २१ वर्षीय रविन विश्वकर्मालाई पक्राउ गरेको हो । विर्तामोडबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७६७ नम्बरको हायसमा रहेका विश्वकर्माले लगाएको पाइन्टमा…