धनुषा, ३० असोज । धनुषामा कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सबैला नगरपालिका–१२, नहर चोकस्थित मैनाथपुर–वीरेन्द्रबजार सडकबाट एकथान पेस्तोलसहित सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वा बस्ने ३५ वर्षीय रामसागर ठाकुर पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको टोलीले प्र २–०१–००२ प ३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रामसागरले प्रहरी…