विनाशकारी भूकम्पको सम्झना : पानीको पिरलोले सहरतिर बसाइँ

दोलखा, १२ बैशाख । दोलखाको कालिञ्चोक गाउँपालिका वडानम्बर ४ लामिडाँडाको हिलेपानीमा एउटा टोल छ ‘घिमिरे टोल’ । उत्तरी बजार सिंगटी छिचोल्ने सडकको दायाँबायाँ भूकम्पपछि बनेका दुईतले जस्ताको छाना भएका चिटिक्कको यो टोलका अधिकांश घरहरू भने खाली छन् । झन्डै ३६ घरधुरी रहेको घिमिरे टोलका २२ घर खाली रहेको स्थानीय सीता सुवेदीले बताइन् । भूकम्पले क्षतिग्रस्त…