काठमाडौँ, २१ भदौ । अवैध लागुऔषध खैरो हेरोइनसहित आठजनालाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । ब्युरोले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोइनसहित तीन जना र २४७ ग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा ललितपुर भैँसेपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन…