कास्की, २० फागुन । जिल्लाको उत्तर पश्चिममा रहेको मर्दी हिमाल पदयात्रा विश्वमै प्रख्यात छ । दशकअघिसम्म गुमनाम जस्तै रहेको माछापुच्छ्रे गाउँपालिकामा पर्ने यो ‘ट्रेकिङ रुट’ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा छ । हाल मर्दीमा क्षेत्रभरिका पर्यटक भेटिन्छन् । पर्यटकलाई सेवा दिन यहाँ सानाठूला गरी ८० होटल तथा रेष्टुरेन्ट खुलेका छन् । बर्सेनी पर्यटक…