बाग्लुङ, १८ फागुन । तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा बाग्लुङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ३ वर्षीया अरिसा दिनको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने…