एमालेको निष्कर्षः स्थानीय निर्वाचनमा अपेक्षित परिणाम नआनुका चार कारण

काठमाडौं,२७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी र सचिवालयको निर्णय कार्यान्वयनका लागि आइतवार जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–४ मा यस्तो निश्कर्ष प्रस्तुत गर्नुभएको हो । अपानिमा तत्काल गठबन्धन भत्काउनेतर्फ नलागेर भरपर्दो सहयात्री खोज्नेसमेत जनाइएको…