काठमाडौँ, १९ असार । काठमाडौँको बबरमहलमा कार पल्टिएर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान बा२च ८५३३ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकमा पल्टिदा चालक भक्तपुर कमलविनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७ वर्षीय जिनी चौरसिया र रामेछाप घर भई हाल कमलविनायक बस्ने २१ वर्षीय जीवन गिरी घाइते…