भक्तपुर : तपाईँ दायाँ लेनबाट गाडी चलाउँदै हुनुहुन्छ ? सावधान, कारबाहीमा पर्नुहोला

भक्तपुर, १ पौष । तपाईँ आफ्नो गाडी सडकको कुन लेनबाट चलाउँदै हुनुहुन्छ ? भाडाका गाडी हो भने कतै दायाँ लेनबाट चलाउँदै त हुनुहुन्न ? सावधान, तपाईँ ट्राफिक प्रहरीको कारबाहीमा पर्नुहोला । कोटेश्वरपूर्व भक्तपुरमा रहेकाे छ लेन सडकमा बढ्दो गाडी दुर्घटना न्यूनीकरणका लागि बस, माइक्रोबसलगायत भाडामा चल्ने सम्पूर्ण गाडीलाई दायाँ लेनबाट गाडी चलाउन निषेध गरिएको छ…