रामेछाप, १९ कार्तिक । जिल्लाको उमाकुण्ड गाउँपालिका–५ को प्रितीमा ट्याक्टर पल्टदाँ ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखुको बेनीमेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर साविकको प्रिती गाविसको संसारीडाँडामा पल्टिँदा स्थानीय प्रेमबहादुर सुनुवारको घटनास्थलमै मृत्यु भएको हो । घटनामा अन्य तीन जना घाइते भएका छन्…