आज विश्व शान्ति दिवस मनाईंदै

काठमाडौँ, ५ असोज । आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यसवर्ष ‘जातिवादको अन्त्य र शान्तिको स्थापना’ भन्ने नारा तय गरिएको छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रसङ्घ महासभाले सन्…