नेपाली सेनाद्वारा दसैँ लक्षित निःशुल्क यातायात सेवा सञ्चालन

काठमाडौँ, ३ असोज । नेपाली सेनाले दसैँलाई लक्षित गर्दै निःशुल्क यातायात सेवा प्रदान गर्ने भएको छ । दसैँमा घर जाने सेनाका बहालवाला सकलदर्जा तथा तिनका परिवारहरूलाई विभिन्न कल्याणकारी सेवा–सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्न लागेको हो । भदौ २९ देखि असोज १८ सम्म सेनाले स्थल एवं हवाई माध्यमबाट सकलदर्जा तथा आश्रित परिवारहरूलाई आ–आफ्नो गन्तव्य…