सिन्धुपाल्चोकमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

फाइल फोटो । काठमाडौँ, १२ भदौ । सिन्धुपाल्चोकमा भारी वर्षा मापन गरिएको छ । धाप र आसपासको क्षेत्रमा पछिल्ला ६ घण्टामा साना नदीहरूमा आकस्मिक बहाव हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्र तथा पहिरो जान सक्ने भिरालो जमिन भएका स्थानहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।