काठमाडौँ, ७ पौष । कोरोना विरुद्धको खोप अभियानलाई प्रभावित हुन नदिन सिरिन्जको आपूर्ति थालिएको सरकारले जनाएको छ । सिरिन्जको अभावका कारण खोप अभियान प्रभावित नहोस् भन्नका लागि भारतबाट ५० लाख सिरिन्ज ल्याउने तयारी भइसकेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केन्द्रीय भण्डार अहिले रित्तो छ । तर, आउँदो शनिबार भारतबाट ५० लाख…