बैतडी, ५ पौष । मङ्गलबारदेखि बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिइने भएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिप्रसाद भट्टले जानकारी दिए । यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई…