भिजिट भिसामा दुबई गएका १९ जना नेपाली अलपत्र

काठमाडौँ, ६ पौष । भिजिट भिसामा दुबई काम गर्न गएका धादिङका १९ जना अलपत्र परेका छन् । नेपालबाट भिजिट भिसा लिएर दुबई पुगेपछि काम गर्ने योजनामा रहेका १९ जना भिसाको म्याद सकिएपछि कोठामा थुनिएर बस्नु परेको पीडितका परिवारले बताएका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना…