रामेछापमा बस दुर्घटना हुँदा नौजनाको मृत्यु, २४ घाइते

काठमाडौँ, २१ असार । रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । प्रहरीका अनुसार रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिकाको सिमानामा बस दुर्घटना भएको हो ।घाइतेहरुलाई धुलिखेल अस्पताल ल्याइएको छ ।