मकवानपुर, १ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ हनुमानगेट नजिक भैंसी बोकेको बोलेरो गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ११९३ नम्बरको बोलेरो गाडीले हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कैलाश गाउँपालिका वडा नम्बर–४ कालिकाटारका २४ वर्षीय…