तारा खोलामा मनाइन्छ भुस पोल्ने पर्व

गलकोट, २७ कार्तिक । बागलुङको ताराखोला गाउँपालिकाको मुख्य पर्वको रूपमा प्रचलित छ भुस पोल्ने पर्व । अर्गेली मगर समुदाय सामूहिक कृषि खेतीमा परिणत भएको दिनको सम्झनामा मनाइने पर्वलाई यहाँका स्थानीयले भुस पोल्ने पर्वको रूपमा मनाउँदै आएका छन् । पन्ध्रौँ शताब्दीपछि पाल्पाको अर्गलीबाट विस्थापित भएर आर्गली मगर समुदाय यहाँको तारा खोलाको अर्गलमा आएर बसाई सरेको इतिहास रहेको छ…