चितवन, २ असोज । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । कान्छाको हत्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको…