File photo काठमाडौँ, १ असोज । सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ । नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । निगमको वाइडबडी-३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो । स्वास्थ्य विभागका अनुसार अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ ।…