बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

धादिङ, ३२ साउन । धादिङको बैरेनीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । गएराति बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलाङ गाउँपालिका-३ की २७ वर्षकी रेनुका कुलुङको बिहान राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ…