काठमाडौँ, १ भदौ । कम्बोडिया पठाइदिन्छु भनेर ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका १ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती ६ लाख ५० हजार रुपैयाँ…