काठमाडौँ, ३१ बैशाख । अहिले प्रि मनसुनसँगै पश्चिमी न्यून चापीय क्षेत्रको प्रभाव पनि कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । देशका धेरै ठाउँको मौसम यतिबेला आंशिक बद्ली छ ।आज, हिजो/अस्तिको जस्तो दिनभरि मौसम बद्ली हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ…