काठमाडौँ, २६ बैशाख । आज नेपालमा कानुन दिवस मनाइँदैछ । विस. २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा बैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ । यो ऐनले प्रधान न्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य तथा अन्तिम हुने कानुनी व्यवस्था गरेको थियो । नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थानविन्दुको रुपमा लिइन्छ ।…