चितुवाको छालासहित एक जना पक्राउ

सुर्खेत, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५:०० बजे पक्राउ गरेको हो । खत्रीले चितुवाको छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–३ कुरिल्ले भन्ने ठाउँबाट पक्राउ…