थप एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज, ३१ चैत । बाराका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा जीतपुर सिमरा उपमहानगरपालिका-९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । आज बिहान साढे ३ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । भारतको हैदरावादबाट होली पर्व मनाउन चैत १४ गते उनी घर फर्किएका थिए…