कैलालीका खसी बोकाको माग पोखरा र काठमाडौँमा

काठमाडौँ, २९ असोज । कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापाले यसपालि आफ्नै खोरमा पालेका नौ गोटा खसी र १२ बोका बिक्री गरे। काठमाडौँ र पोखराबाट आएका व्यापारीसँग खोरमै उचित मूल्यमा खसी बोका बेच्न पाउँदा उनी खुशी मुद्रामा थिए । “पछिल्ला वर्षमा माग बढेसँगै पोखरा र काठमाडौँका व्यापारीले खोरमै पुगेर खसी बोका खरिद गरेर लैजान थालेका छन्”,…