काठमाडौँ, २१ फागुन । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु २२ लाख ९६ हजार रकमसमेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँ महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई…