काठमाडौँ, १४ मंसिर । विराटनगर एक र महोत्तरीको एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट विराटनगर- ९ का ७८ वर्षका पुरुषको आइतबार बिहान आफ्नै घरमा मृत्यु भएको छ । महानगरपालिकाका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या रहेका वृद्धको पीसीआर परीक्षण गराउँदा शनिबार रिपोर्ट पोजिटिभ आएको थियो ।…