काठमाडौं, २१ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बोलाउनु भएको आफू निकट सचिवालय सदस्यहरूको अनौपचारिक बैठक गुट भेलामा नै सिमित हुन पुगेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्दै बोलाउनु भएको सचिवालयको अनौपचारिक बैठकमा दिनहुँजसो खुमलटारको गुट भेलामा सहभागी हुने नेताहरु नै सहभागी हुनुभएको छ…