काठमाडौँ, २३ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका फिनिसर शरद भेषवाकरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । आक्रामक फिनिसरका रूपमा परिचित शरदकै प्रेरणादायी प्रदर्शनमा नेपालले सन् २०१४ को विश्वकपमा स्थान बनाएको थियो । उक्त विश्वकप छनोटमा शरदले ४६.६६ को औसतमा १४० रन बनाएका थिए । उनले सन् २०१२ मा हङकङविरुद्धको ट्वान्टी–२० खेलमा नेपाली सिनियर टिममा ‘डेब्यु’…