नवलपुर, ११ माघ । पूर्वीनवलपरासीको गैंडाकोटमा टिपरको ठक्करबाट एक जनाको निधन भएको छ । शुक्रबार राति गैंडाकोट–८, मौलाकालिका होटेल अगाडि बा ६७ प ७८८२ नम्बरको मोटरसाइकललाई ना १ क ८३३० नम्बरको टिपरले ठक्कर दिदा मोटरसाइकलमा सवार बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसीको निधन भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते केसीलाई उपचारका लागि…