ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु

तनहुँ, २६ पौष । तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।