काठमाडौँ, १४ असोज । हाल बङ्गालको खाडीमा न्युन चापीय क्षेत्र रहेकोले देशका पहाडी भू–भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का…