घुस मागेको आरोपमा प्रहरी जवान पक्राउ

बारा, ३ पौष । सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा बारामा एक जना प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस माग गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागी रहेको भन्ने…