चोभारमा एक पुरूषको शव फेला

काठमाडौँ, २९ मंसिर । चोभारमा एक शव फेला परेको छ । शनिबार झाडीभित्र करिब ६० वर्ष उमेरको पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान खुल्न बाँकी रहेको र हत्या वा आत्महत्या भन्नेबारे पनि केही खुलेको छैन । सो घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।