सुर्खेत, १८ मंसिर । विरेन्द्रनगर नगरपालिका-३ मा पार्किङमा राखेको टेलरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि चढेका एकजना घाइते भएका छन् । मंगलगढीबाट बाङगेसिमलतर्फ जाँदै गरेको बा ३४ प १८६५ नम्बरको मोटरसाइकल ना ४ ख ५९८६ नम्बरको टेलरमा ठोक्किँदा मोटरसाइकल चालक विरेन्द्रनगर नगरपालिका-१० का २१ वर्षीय अरुण वलीको मृत्यु भएको प्रहरीले जनाएको…