बर्दिया, १५ कार्तिक । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाँसगढी नगरपालिका-४ मगरपुर बस्ने २६ वर्षीय नर बहादुर बिकलाई सोही ठाउँबाट आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत गुलरिया बर्दियाको २०७१ चैत १५ गतेको फैसलाले १० वर्ष कैद सजाय भई फरार रहेका नर बहादुरलाई ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।…