काठमाडौँ, १५ असार । दाेलखामा दुई जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । गौरीशंकर गाउँपालिका वडा न ५ सुरिको हलेशोर मावि क्वारेन्टाइनमा रहेका दुई जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको हाे । भारतलगायत तेस्रो मुलुकबाट आएका २५ जना उक्त क्वारेन्टाइनमा बसिरहेकाे बताइएकाे छ । तीमध्ये ७ जनाको पीसीआर परिक्षणका लागि स्वाब पठाएकोमा २ जनाको रिपोर्ट…