११ जना जुवाडे पक्राउ

काठमाडौँ, १ चैत । सुनसरीमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१३, जिरो प्वाइन्टस्थित एक होटेलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । पक्राउ पर्नेमा धरान–१६ का ३२ वर्षीय किशन घिमिरेसहितका व्यक्तिहरू छन् । शनिबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नगद दुई लाख एक हजार ८२५…