बागलुङ, ४ चैत । मध्यपहाडी राजमार्गमा बुधबार भएको जिप दुर्घटनामा सात जना घाइते भएका छन् । बागलुङको गल्कोटदेखि सदरमुकाम आउँदै गरेको लु ३ च ५१५० नम्बरको पिकअप जिप बागलुङ नगरपालिका-३ बडहरेमा बुधबार बिहान दुर्घटना भएको हो । जिप अनियन्त्रित भई सडकको नालीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालकसहित सात जना घाइते भएको र…