काठमाडौँ, १ मंसिर । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रहेको अर्बौं बराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा शृंखलाबद्ध रुपमा व्यक्तिका नाममा दर्ता गराइएको खुलासा भएको छ । माफियाहरुले बर्दिया जिल्ला साविकको सोरहवा गाविस–८ मा रहेको कित्ता नम्बर ४४२ अन्तर्गत रहेको १४३ बिघा ९ कट्ठा पर्ती जग्गा वर्षौंसम्म योजनाबद्ध प्रयासबाट कित्ताकाट गरी…