तीन मेडिकल कलेजमा छापा : लुकाइएका सम्पत्ति विवरण बरामद

काठमाडौँ, २ मंसिर । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वीरगन्जको नेसनल, विराटनगरको नोबेल र चितवनको चितवन मेडिकल कलेजले लुकाएका सम्पत्ति विवरण आइतबार बरामद गरेको छ । विभागले खटाएको टोलीले तीन मेडिकल कलेजमा छापा मारी महत्वपूर्ण कागजात बरामद गरेको हो । यी कलेजले विवरण, तथ्यांक र सञ्चालक समितिका निर्णय लुकाएपछि विभागले टोली खटाएको जानकारी स्रोतले दिएको छ ।…