निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : आशयपत्र जारी हुन समय लाग्ने

काठमाडौँ, ३ मंसिर । पर्यटनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास मंसिरभित्रै गर्ने बताइरहँदा निर्माणको प्रक्रिया अगाडि बढाउन  आवश्यक आशयपत्र (आरएफपी) जारी गर्ने काम अझै हुन सकेको छैन । सरकारले असोजको पहिलो साता निजगढ विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिख इन्टरनेशनल एयरपोर्ट (एजी)लाई संक्षिप्त सूची (सर्ट लिष्ट) मा राखेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा…